कपिलवस्तुमा माेटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाकाे मृत्युु
शिवराज अनलाइन ।
कृष्णनगर, ८ पाैेष ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा माेटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालककाे मृत्युु भएकाे छ । वडा नम्बर २ पडरियामा बस्ने २० वर्षीय मणिराम जयसवालकाे मृत्युु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जयसवाल सवार लु ७३ प ६९०२ नम्बरको माेटरसाइकबाट डालपुदेखि विजयनगरतर्फ जाँदै गर्दा हुलाकी सडक खण्डमा आफै अनियन्त्रित भई पल्टिँदा देवीपुर चाेकमा गम्भीर घाइते भएका थिए ।
घाइतेलाई संन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार गराउने क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । घाईते जसवालको टाउँकोमा गम्भीर चोट लागेकाे थियोे । शवलाई पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएकाे छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam