प्रारम्भिक निर्वाचनमा ट्रम्पले गरे जितको शुरुआत
२ माघ, एजेन्सी
अमेरिकामा यो वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीले गरेको प्रारम्भिक निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जितको शुरुआत गरेका छन्। राष्ट्रपति निर्वाचनका लागि टिकट पाउन पार्टीभित्र हुने ‘कोकस’ भनिने प्राथमिक निर्वाचनमा ट्रम्पले आयोवा राज्यमा जित निकालेका हुन्।
एनबीसी न्यूजका अनुसार ४० डेलिगेट्सले सहभागिता जनाएको आयोवाको कोकसमा ट्रम्पले ५२.२ प्रतिशत मत हासिल गरेका छन्। उनीसँग प्रतिस्पर्धा गरिरहेका रोन डिसेन्टस र निकी हेलीले क्रमश २० तथा १९ प्रतिशतभन्दा मत प्राप्त गर्दा भारतीय मुलका विवेक रामास्वामीलाई ७.७ प्रतिशत मत हासिल भएको छ।
अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार बन्न सबै राज्यमा हुने पार्टीको आन्तरिक निर्वाचन अर्थात् कोकस जित्नुपर्छ। सन् २०१६ देखि २० सम्म राष्ट्रपति बनेका ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ नारा बनाएका छन्। उनको मुख्य एजेण्डा आप्रवासी नियन्त्रणमा केन्द्रित छ।
यसअघि लामो समयसम्म विभिन्न आरोपमा मुद्दा खेपिरहेका ट्रम्पलाई अदालतले निर्वाचन लड्ने बाटो खोलिदिएको हो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam