सेवा दिन सकिनँ भन्दै एनओसी शाखा प्रमुख पौडेलले दिए राजीनामा
काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको नो अब्जेक्सन लेटर (एनओसी) शाखाका प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका छन्। सेवाग्राहीहरूलाई सेवा दिन नसकेको भन्दै उनले राजीनामा दिएका हुन्।
उनले भोलि (चैत १) देखि लागू हुनेगरी राजीनामा शिक्षा मन्त्रालयमा बुझाइसकेको थाहाखबरलाई जानकारी दिए। ‘काम गर्न सकिएन,अब सेवा दिन नसकेपछि किन पदमा बस्नु,त्यसैले भोलिदेखि लागू हुनेगरी आजै राजीनामा बुझाएको छु,’उनले भने।
पछिल्लो समय भक्तपुरस्थित एनओसी शाखामा उच्च शिक्षाको लागि विदेश जाने भन्दै एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भिड बढेको छ। त्यही कारण पनि सेवा दिन नसकेको उनले बताए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam