दिउँसो १ बजेका लागि सर्यो माओवादी स्थायी समितिको बैठक
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक शुक्रबार बस्दैछ। यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सरेको केन्द्रीय कार्यालयले जनाएको छ।
स्थायी कमिटी सदस्यहरूको कार्यविभाजन, पार्टीले शुरु गर्न लागेको हिमाल-पहाड-तराई अभियानको तयारी तथा समसामयिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा प्रदेशका सरकारबारे पनि छलफल हुन सक्ने सचिव गणेश साहले जानकारी दिए।
माओवादी केन्द्रले यसअघि गत फागुन २८ गतेलाई स्थायी कमिटी बैठक तय गरे पनि विकसित राजनीतिक घटनाक्रमका कारण बैठक स्थगित भएको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam