तीन संसदीय समितिको बैठक आज
काठमाडौं : तीन संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एउटा समितिको बैठक बस्नेछ।
पूर्वाधार विकास समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे छलफल हुनेछ।
राष्ट्रिय सभातर्फको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको आगामी कार्ययोजना छलफल हुने कार्यसूची छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam