कृष्णनगर ८ दयानगरका आगलागी पिडितलाई जस्तापाता सहित आवास निर्माणका सामग्री प्रदान
कृष्णनगर, ११ बैशाख ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-८ दयानगरका अग्नीपिडितलाई जस्तापाता सहित आवास निर्माणका आवश्यक सामग्री वितरण गरिएकाे छ । नगरपालिकाले आगलागी पिडितहरुलाई तत्कालै बस्न सहज हाेस् भन्दै आवश्यक सामग्री प्रदान गरेकाे छ ।
कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले आगलागी पिडित ९ घरपरिवारलाई जस्तापाता सहित आवश्यक घर निर्माणका सामग्री प्रदान गरिएकाे जनाए । उनले झुपडी मुक्ति कार्यक्रम अन्तर्गत मंगलबार आगलागी पिडितलाई उक्त आवश्यक सामग्री वितरण गरिएको बताए ।
कार्यक्रममा नगर उप-प्रमुख आरतीदेवी चाैधरी, वडा अध्यक्ष, कृषि शाखा प्रमुख सुदीप मौर्य लगायतकाे उपस्थिति थियोे ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam