कैलालीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु
कैलाली : मोहना नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको डुबेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माछा मार्ने क्रममा राना डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटेको प्रहरी टोलीले खोजी गरेको थियो।
जिल्ला प्रहरी कार्यालयले प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार गएराति करिब पौने १० बजे राना नदीमा मृत फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam