गोरखामा पहिरोले एक घर बगायो, ११ उच्च जोखिममा
गोरखा : गएराति आएको भीषण वर्षाले गोरखामा एक घर बगाएको छ भने ११ घर उच्च जोखिममा परेको छ।
धार्चे गाउँपालिका – ५ सिङला स्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको हो।
धार्चे गाउँपालिका – ५ सिङला स्थित पुरन गाउँका तेज बहादुर गुरुङको घरमा भएका खाद्यान्न, लत्ताकपडा र केही नगद रकम पहिरोमा पुरिएर लाखौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए।
त्यस्तै पहिरोमा परी लक्ष्मण गुरुङ, खुम बहादुर गुरुङ, इन्द्र बहादुर गुरुङ, मान बहादुर गुरुङ र सुन्दारम गुरुङ लगायत ११ घरमा लेदोसहितको पहिरोले पुरिएर उच्च जोखिममा परेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
उनका अनुसार स्थानीय बासिन्दाहरू जोखिम मोलेर त्यस ठाउँमा बस्न बाध्य भएका छन्। आकाशका बादल लाग्नसाथ पहिरोले घर र मान्छे नै पुर्ने हो कि भन्ने डरले स्थानीयहरू खुला चौर र सुरक्षित ठाउँ तर्फ लाग्ने गरेको उनले बताए।
पहिरो परेका ३ जना घाइते भएकाहरूलाई तत्कालै स्थानीयहरूले उद्धार गरी बाँच्न सफल भएको स्थानीयहरूको भनाइ छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam