हराएका दुईमध्ये एक स्पेनिस नागरिकको शव भेटियो
पर्वत : कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट बेपत्ता भएका दुई स्पेनिस नागरिकमध्ये एक जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विरेठाँटी कास्कीबाट पर्यटक प्रहरी सहित सशस्त्र प्रहरी नं. २४ हेडक्वार्टर मालेपाटन पोखराबाट खटिएको विशेष टोलीले खोजी गर्दा पुरुष पर्यटकको शव मंगलबार भेटिएको हो। शव अन्नपूर्ण गाउँपालिकाकै भुरुङ्दी खोलामा फेला परेको हो।
गत आइतबार घटनास्थल नजिकै भेटिएका दुई वटा झोलामा भेटिएका राहदानी अनुसार मृत भेटिएका व्यक्ति स्पेनका ३७ वर्षीय इरिक सोलेर कासानोभास हुन्। खोलामा लडेर बेपत्ता भएकामध्ये महिलाको अवस्था भने अझै पनि अज्ञात छ। ती महिला पनि स्पेनकै ३२ बर्षिया मर्स मोलास जुन्का रहेको प्रहरी बताएको छ।
अन्नपूर्ण गाउँपालिका-९ तिखेढुङ्गाबाट उल्लेरी जाने क्रममा भुरुङ्दी खोलाको पुलमुनि रहेको पुरानो बाटो हिँड्ने क्रममा गत आइतबार उनीहरूलाई खोलाले बगाएको सूचना स्थानीयवासीले दिएका थिए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) चेक पोस्टमा नाम टिपाएर उल्लेरीतर्फ लागेका दुईजनाको खोजी सोमबार दिनभरगरिएको थियो। छहराको छेउमा बेपत्ता भएकाहरूको सानो झोला र ‘आल्मुनियम’ को दुई वटा लौरी पनि भेटिएका थिए। ती झोलामा राहदानी सहित मोबाइल फेला परेको थियो।
ती पर्यटक आफू हिँड्नुपर्ने ‘रुट’ बाट बाहिर गएको देखिएको कार्यवाहक वडाध्यक्ष पुष्पा पुनले बताइन्। अहिले प्रयोगमा रहेको बाटो भन्दा फरक पुरानो बाटोमा पर्ने उक्त खोला र छहरा आकर्षक रहेको र मौसम पनि गर्मी भएकोले ती पर्यटक पानीमा खेल्दै छहराको दृश्यमा रमाउन जाँदा खसेको हुन सक्ने आशंका गरिएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam