शिवराज अस्पतालको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न, सेवामा सुधारको प्रतिबद्धता
कृष्णनगर, १४ भदौ ।
शिवराज अस्पतालको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजनामा अस्पतालका प्रमुख चिकित्सकहरू, नगरका प्रमुख अधिकारीहरू, र स्वास्थ्य क्षेत्रका अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
अस्पतालका डाक्टर मनिष कुमार मण्डलले कार्यक्रमको मुख्य प्रस्तुति गर्दै अस्पतालको सेवा, सुविधा, र यस वर्षको प्रगतिको बारेमा जानकारी गराउनुभयो। उहाँले अस्पतालले विगत वर्षमा ४० अंक प्राप्त गरेकोमा यस वर्ष ५५ अंक प्राप्त गर्न सफल भएको जानकारी दिनुभयो।
पिपरा अस्पतालका डाक्टर गणेश क्षेत्रीले पनि यस वर्ष अस्पतालको आन्तरिक मूल्यांकन गरिएको र यसले सेवा गुणस्तरमा सुधार भएको बताउनुभयो। शिवराज अस्पतालका मेसु डा. वीनोद बढईले स्वागत मन्तव्य राख्दै, आगामी वर्षमा अझै राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा कृष्णनगर नगर उपप्रमुख अरती देवी चौधरी, नगर प्रवक्ता हरिपाल चर्तुवेदी, अस्पताल विकास समितिका सदस्य सतिश निगम, रेनु शर्मा, राज किशोर बरई, कृष्णनगर स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराई, MSS का स्रोत व्यक्ति ज्ञान स्वास्थ्य अधिकृत अस्मिता नेपाल, MSS का स्रोत व्यक्ति सन्देश पौडेल, र Nick Simons का लुम्बिनी प्रदेश संयोजक बस्नेत लगायतका व्यक्तिहरूको उपस्थिति थियो।
समिक्षा कार्यक्रममा अस्पतालको सेवा सुधारका लागि विभिन्न सुझावहरू प्रस्तुत गरिएका थिए, जसले आगामी वर्षमा अस्पतालको सेवामा अझ सुधार आउने अपेक्षा गरिएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam