१७ देशका प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित
काठमाडौं : संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदूतमध्ये १६ जना राजदूतको नाम समितिबाट बहुमतले पारित गरेको हो।
बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रश्तावित राजदूतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निर्णय लिइएको बताइन्। समितिमा छलफल गरी १६ देशका राजदूत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रश्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपूरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताइन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रश्तावित राजदूत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रश्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेका बताए।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रश्तावित राजदूत शंकर शर्माको लागि फरक मत रहेको बताए।
समावेशिता अझै अपूरो रहेको सांसदहरुको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताइन्। उनले अहिले दुई राजदूत सिफारिस गरिएकोमा मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको बताइन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam