रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
२७ असोज, काठमाडौं । रौतहटमा दुर्गा मेला लागेको स्थानबाट स्थानीय एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव छन् ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।
यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायले जानकारी दिए ।
उनका अनुसार यादवको साथबाट बरामद भएको पेस्तोलको एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ लेखिएको छ भने अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड’ लेखिएको छ ।
प्रहरीका अनुसार यादवको साथबाट एक थान पेस्तोलसँगै त्यसको म्याग्जिन एक थान, गोली चार राउण्ड र सर्ट गनको गोली दुई राउण्ड पनि बरामद भएको छ ।
उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam