आजदेखि काठमाडौंमा एआई सम्मेलन सुरु हुँदै
काठमाडौं : नेपालमा आज अन्तर्राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन आजबाट शुरु हुँदैछ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आज र भोलि काठमाडौंमा सम्मेलन गर्न लागिएको हो। सम्मेलनको उद्घाटन आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन्।
विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजलाई जानकारी दिन सम्मेलन आयोजना गर्न लागिएको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।
पौडेलका अनुसार सम्मेलनमा एआईसँग सम्बन्धित विभिन्न १० शीर्षकमा छलफल हुने तथा नेपालमा आर्टिफिसियल इन्टेलिजेन्सको आधारस्तम्भ निर्माणको अवसर, चुनौती र रणनीतिक बाटो विषयमा अनुसन्धानपत्र प्रस्तुतीकरण गरिने छ।
सम्मेलनमा फ्युजमेसिन्सका समीर मास्के, इयु रोबोटिक्सका जुहा रोनिङ, युनिभर्सिटी अफ हङकङका रोबोटिक्स सिस्टमका प्राध्यापक काजुहिरो कोसुजे, खलिफा विश्वविद्यालयका प्राध्यापक जर्ज म्यानुअल मिरान्ता डियास लगायतले धारणा राख्नेछन्। यस्तै गगन थापा, गिरिराजमणि पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवालीले आफ्नो धारणमा राख्नेछन्।
सम्मेलनमा एक हजार बढीको सहभागिता रहने जनाइएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam