पिकअप भ्यान दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो
बागलुङ : बागलुङमा पिकअप जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ।
मृतकहरुमा जिप चालक बागलुङ जैमिनी-८ केवईका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँकी २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षका कुल प्रसाद श्रीष रहेका छन्।
घाइते बागलुङ जैमिनी -८ का ४५ वर्षीय गंगा बहादुर श्रीषलाई उपचारका लागि बागलुङ अस्पताल पुर्याइएको छ। श्रीषको शरिरको बिभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान ८ बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले जानकारी दिए।
भ्यान सडकदेखि सात सय मिटरभन्दा तल खसेको थियो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam