अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच किष्टाचार भेटवार्ता भएको छ।
सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका छन्।
अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एशियाका केही देश आर्थिक रुपमा समस्या परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे।
अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबीचको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माले एमसिसी परियोजना र केही युएसएआईडीको माध्यमबाट नेपालमा सञ्चालित विभिन्न योजनाहरुलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताए।
उनले अमेरिकी विकास वित्त संस्थाबाट नेपालमा निजी क्षेत्रमा सुरु भएको लगानीलाई कसरी बिस्तार गर्ने भन्नेबारेमा पनि दुई नेताबीच छलफल भएको बताए।
उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराए।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam