भेरी नदीमा पुल निर्माण साढे पाँच वर्षदेखि अलपत्र

काठमाडौं : जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट, डोल्पा र रुकुम पश्चिमको बिचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र बनेको छ।

क्याराभान कन्ट्रक्सनले काम नै शुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेपछि दुई वर्षभन्दा बढी समयदेखि काम अलपत्र परेको हो। भेरी कोरिडोरबीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडकसमेत निर्माण हुन मुस्किल भएको छ।

तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीमा १०० मिटर लामो पक्की पुल निर्माण गर्ने भनिएको थियो। १५ करोड रुपैयाँको लागतमा उक्त पुल निर्माण गर्ने भन्दै पाँच वर्षअघि ठेक्का दिइएको थियो। क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाख रुपैयाँ मा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा त कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेको स्थानीयको आरोप छ। यसले १०६ मेगाावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा समेत बाधा पुग्ने देखिएको छ।

TOP