लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज सातौँपटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ।
यसअघि छैटौँपटक थपिएको चार दिनको म्याद बुधबार सकिएपछि म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागिएको हो। कार्यालय समय शुरु भएपछि लामिछानेलाई थप हिरासतमा राख्ने अनुमति माग्नका लागि अदालतमा लगिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्त शर्माले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।
लामिछानेलाई हिजो पर्सामा बयान सकेर बाराको सीमारा विमानस्थल हुँदै काठमाडौं ल्याएर पोखरा लगिएको थियो। ५५ दिनदेखि प्रहरीको हिरासतमा रहेका लामिछानेको रूपन्देही, काठमाडौँ, चितवन र पर्सा जिल्लामा बयान भइसकेको छ। प्रहरीले संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ।
प्रहरीले अनुसन्धान सकेर आउँदो साता जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam