त्रिवि दीक्षान्त व्यावस्थित नभए बहिष्कार गर्ने चेतावनी
काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने बताएका छन्। आज(बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा त्रिवि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि उनले यस्तो चेतावनी दिएका हुन्।
उनले गत वर्षको त्रिवि दीक्षान्त व्यवस्थित नहुँदा विद्यार्थीहरूले सास्ती खेप्न बाध्य भएको बताए। उनले भने,‘त्रिविको दीक्षान्त समारोह कस्तो हुन्छ?,हेर्नुस् त लाजमर्दो,गत वर्ष रंगशालामा कस्तो नाटक भयो,एकजना विद्यार्थीले दीक्षान्त भएको सर्टिफिकेट लिन कति सास्ती खेप्नुपरेको थियो,कोहीको नाम, थर गल्ती भएको थियो,यस वर्ष गत वर्षजस्तै दीक्षान्त गर्ने सोचिए हामी बहिष्कार गर्छौं।’
उनले दीक्षान्त समारोहको मोडल परिवर्तन गर्नुपर्ने माग गरे। ‘दीक्षान्तमा कोही विद्यार्थी खुसी छैनन्,दीक्षान्त हुँदा निराशाबाहेक केही दिन सकेको छैनौँ,त्यसैले व्यवस्थित ढंगले दीक्षान्त समारोह गरौँ,’उनले भने। त्रिविले आगामी पुषमा ५०औँ दीक्षान्त समारोह आयोजना गर्दै छ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam