त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज(बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्।
उनले सबैले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी रूपमा सुदृढ गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने पनि बताए। ‘साथीहरूले प्रश्न उठाउनुहुन्छ, हस्तक्षेप गरेको होइन, अलिकति शैलीमा तलमाथि पर्ला त्यो आफ्नो ठाउँमा छ,तर हस्तक्षेप होइन निर्णय गर्छ नि यो संस्थाले, हामी सबैले सानो कुरामा नअल्झिनु हुँदैन,प्रभावकारी ढंगले सुदृढ गर्नुपर्छ,मर्यादासहित उपयुक्त,सकारात्मक ढंगले चल्नुपर्छ।’
उनले विश्वविद्यालय यो देशको शिक्षाको लागि चाहिएको बताए। ‘शिक्षालाई विकास गर्न,गुणस्तरीय बनाउन, शिक्षा सबैको पहुँचभित्र बन्न सकोस् र सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विश्वविद्यालय खोलिएकाे हो,सञ्चालन भएको हो,’उनले भने।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam