अनेम संघ विजयनगर ६ नम्बर वडा कमिटीको अध्यक्षमा मिना कलवार


सुनिता थारु/आरती परियार

विजयनगर, २८ मंसिर ।

नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ विजयनगर गाउँपालिकाको ६ नम्बर वडा कमिटीको अध्यक्षमा मिना कलबार चयन भएकी छन् । कलवारको नेतृत्वमा ३७ सदस्य अनेम संघ वडा कमिटी गठन हो ।

जसको उपाध्यक्षमा अमिना खातुन, सचिवमा पुनम घिमिरे, कोषाध्यक्षमा सुदामी केवट लगायत सर्वसम्मत रुपमा चयन भएका हुन् । शुक्रबार गाउँपालिकाको सभाहल खडैचामा अनेम संघ वडा कमिटीको तेस्रो अधिवेशनबाट निर्विरोध वडा कमिटी गठन गरिएको जनाइएको छ ।

अनेम संघ जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अधिकारको लागि पैरवी गर्दै आएको बताउँदै समाज परिवर्तन गर्न अनेम संघको महत्वपूर्ण भूमिका रहेको उनले बताइन् । उनले संगठनलाई चलायमान बनाउँदै एकताबद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका दिइन् ।

कार्यक्रमलाई लुम्बिनी प्रदेश इत्तेहाद मुस्लिम संगठनका कार्यबाहक अध्यक्ष अनवर मोहम्मद मुसलमान, नेकपा एमाले अध्यक्ष थर्क बहादुर खन्गाहा, एमाले नेता प्रेम बहादुर कलवार, तेज प्रसाद पौडेल, तारा थापा, उमा ठकुरी, गीता अर्याल, शकुन्तला भण्डारी, अनेम संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष अमृता खड्का, सरिता पाण्डे लगायतले सम्बोधन गरेका थिए ।

TOP