बाराको गढीमाई मेला आज सकिँदै
काठमाडौं : बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लागरिरहेको एक महिने गढीमाई मेला आइतबार सकिँदैछ। मंसिर १ गते शुरु मेला आइतबार समापन हुन लागेको हो।
पाँच वर्षको अन्तरालमा मंसिरमा लाग्ने पशुपक्षी बलिका लागि प्रसिद्ध गढीमाई मेलामा हजारौंको संख्यामा राँगा तथा बोकाको बलि दिइएको छ। मेलाअन्तरगत मंसिर २१ देखि २५ गतेसम्म अलग-अलग पशुपक्षीको दिइएको थियो । बलिको समयमा ५ दिनसम्म महागढीमाई नगरपालिकाले नगरभित्र सार्वजानिक बिदा समेत थियो।
मेलामा दर्शनार्थीको सहजताका लागि बिजुलीबत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानी, घुम्ती एटिएम, मन्दिर वरिपरि वाईफाई, मेलास्थलको सबै नाकातिर पार्किङ, ट्राफिक व्यवस्थापन, निःशुल्क स्वास्थ्य जाँच शिविर, एम्बुलेन्स, वारुणयन्त्र तथा भोजनलगायतको ब्यवस्था गरिएको छ।
अन्तिम दिन दर्शनार्थीको थप घुँइचो लागेको मेला मूल समितिका अध्यक्ष एवं नगरप्रमुख उपेन्द्रप्रासद यादवले बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam