अमेरिकाको एक विद्यायलमा गोली चल्दा संदिग्धसहित तीन जनाको मृत्यु
काठमाडौं : अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ। गोली लागेर ६ जना घाइते भएका छन्।
म्याडिसनस्थित एम्बुडेन्ट लाइफ क्रिश्चियन विद्यालयमा गोली प्रहारको घटना भएको हो। घाइते ६ मध्ये दुई विद्यार्थीको अवस्था गम्भीर बीबीसीले जनाएको छ।
मृत्यु हुनेमा एक जना शिक्षक र १७ वर्षीया छात्रा छन्। गोली चलाउने व्यक्ति सोही विद्यालयका छात्र रहेको र उनी पनि मारिएको बताइएको छ। प्रहरी घटनास्थलमा पुग्नुअघि नै उनको मृत्यु भएको बताइएको छ।
उनले गोली किन चलाए भन्ने खुल्न बाँकी रहेको र छानबिन सुरू गरिएको प्रहरीले जनाएको छ। छानबिनका लागि केन्द्रीय र स्थानीय प्रहरी सहित एफबीआईको टोली समेत खटेको बताइएको छ।
उक्त विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam