अविरल वर्षाले डगडई सिचाँई बाँध बगाउँदा ४ सय किसान चिन्तित
विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको डगडई सिँचाई बाँध राति परेको अबिरल वर्षाले बगाउँदा ४ सय किसान चिन्तित भएका छन् । गाउँपालिकाको वडा नं. ३ मा रहेको डगडई सिँचाई बाँधलाई अबिरल वर्षाका कारण बाँधले पानीलाई थेक्न नसक्दा बाँधको पुर्वतिरबाट माटो पटान गरी बनाईएको बाँध भत्काएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा उक्त बाँध सिँचाई आयोजना प्रदेश सरकारको १५ लाखको लगानीमा बनाइएको थियो ।
उक्त सिँचाई आयोजनाबाट ४ सय किसानहरु लाभान्वित हुँदै आएको डगडई सिचाँई बाँध आयोजनाका अध्यक्ष अब्दुल ओहाब मुसलमानले बताउनु भएको छ ।
बाँध भत्किदा भण्डारण गरिएको पानी अन्यन्त्र बगेर जाने भएकोले खेती कसरी गर्ने भन्ने कुराले चिन्तित भएको समाजसेवी देबेंद्र मणि त्रिपाठीले बताउनुभयो । उहाँ तत्काल जानकारी पाए लगत्तै सो स्थानमा पुगी त्यहाँको अवस्था बारे जानकारी लिनुभएको थियो । वर्षाको बेलामा भन्दा मंसिरमा गहँु खेती, उखु खेतीका लागि बढी समस्या हुने स्थानीय अब्दुल मोविन मुसलमानले बताउनुभयो ।
यता गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापालाई बाँध बारे जानकारी गराउँदा यसरी अविरल वर्षाका कारण ठुलो क्षति भएको चिन्ता व्यक्त गर्नुभयो । उक्त बाँधलाई अनुगमन गरी मर्मत सम्भारका लागि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


