पर्वत प्रहरीद्वारा २८ वर्षदेखि फरारसहित ५४ जना प्रतिवादी पक्राउ
पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको पाँच महिनामा ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
गत साउनदेखि मङ्सिरसम्मको अवधिमा नौजना महिला र ४५ जना पुरुष गरेर ५४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेर अदालतमा पेस गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार उनीहरू विभिन्न १३ प्रकारका मुद्दाका शीर्षकमा पक्राउ परेका हुन्।
उनीहरू चेक अनादरमा छ महिला र १६ पुरुष गरी २२ जना, जबरजस्ती करणीमा एक जना, भ्रष्टाचारमा एक महिला र एक पुरुष गरी दुई जना, अभद्र व्यवहारमा चार जना, ज्यान चोरीमा एक जना, सार्वजनिक अपराधमा नौ जना, बैङ्किङ कसुरमा एक महिला र एक पुरुष गरी दुई जना पक्राउ परेका छन्।
यस्तै लागु औषध मुद्दामा तीन जना, सवारी ज्यानमा तीन जना, चोरीमा एक महिला र दुई पुरुष गरी तीन जना, पशु सम्बन्धी मुद्दामा दुई जना, लेनदेनमा एक जना र नागरिकता कृतेमा एक जना पक्राउ परेका छन्।
सबैभन्दा लामो समय २८ वर्षअघि २०५३ सालमा अदालतले फैसला सुनाएकोमा उक्त फैसलाको कार्यान्वयन नगरी फरार रहेका प्रतिवादी समेत यही क्रममा पक्राउ परेका छन्। पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि पर्वत जिल्ला अदालतमा पेस गरिएको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरूबाट खटिएका प्रहरी टोलीहरू फरार प्रतिवादीहरूको खोजतलासमा लागेर फैसला कार्यान्वयनका लागि प्रतिबद्ध रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टले बताए।
पर्वत जिल्ला अदालत तथा अन्य अदालतबाट फैसला बमोजिम आर्थिक वर्ष २०८१/०८२ को लगत जिम्मेवारी सरी आई दण्ड, जरिवाना, सरकारी बिगो बाँकी बक्यौता र कैद लगत भएका फरार प्रतिवादीहरूलाई खोज्ने र लगत कट्टाको लागि अदालतमा पेस गर्ने क्रम चलिरहेको उनको भनाइ छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam