चाेरी पैठारी नियन्त्रण गर्न सिमानाकामा अनुगमन


घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ४ पाैष ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाभित्र पर्ने नेपाल-भारतकाे सिमानाकाहरुमा अनुगमन गरिएको छ । भारतसँग जाेडिएकाे सिमानाकामा चाेरी पैठारी नियन्त्रण गर्न संयुक्त रुपमा अनुगमन गरिएको पशु क्वारेन्टाइन कृष्णनगरले जनाएको छ । पशु क्वारेन्टाइन कार्यालय भैरहवा-रुपन्देहीकाे आयाेजनामा विभिन्न सिमानाकाहरुमा अनुगमन गरिएको हाे ।

प्रहरी, व्यवसायी, पत्रकार र पशुु क्वारेन्टाइन कार्यालयका कर्मचारीहरुले संयुक्त रुपमा भारतसँग जाेडिएकाे सिमानाका नाैरंगिया-बनगवाघाट लगायत नाकाहरुमा अनुगमन गरिएको पशु क्वारेन्टाइन कृष्णनगरका पशुु चिकित्सक डा. दयाराम चाैधरीले जानकारी दिए ।

उनले भारतबाट नाका छली आयात हुने पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीहरुकाे चाेरी पैठारी नियन्त्रणका लागि सर्व निकायकाे समन्वयात्मक तरिकाले काम गर्ने निर्णयसमेेत गरिएको जनाए । चाैधरीले पशु क्वारेन्टाइन कार्यालय भैरहवा-रुपन्देहीकाे आर्थिक वर्ष २०८१/०८२ काे स्विकृत वार्षिक कार्यतालिका अनुसार संयुक्त रुपमा सिमानाका अनुगमन गरिएको बताए ।

सशस्त्र प्रहरी बल नेपाल विजयनगरका सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले अबैध चाेरी निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सिमानाकामाहरुमा गस्तीलाई जाेड दिएकाे बताएका छन् । नेपाल-भारतकाे खुला सिमाका कारण हुने अबैध काराेबारलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले अहाेरात्र खटेर लागेकाे उनकाे भनाइ छ ।

उनले सिमालाई सुरक्षित राख्न, अवैध गतिविधिलाई राेक्न स्थानीय लगायत सम्बन्धित निकायले हातेमालो गर्न आवश्यक रहेकाे बताए । शान्ति सुरक्षा, अमन चयन कायम राख्ने कार्यमा नागरिककाे महत्त्वपूर्ण भूमिका रहेकाे भन्दै कहिँकतै शंकास्पद गतिविधि भइरहेको थापा पाउन साथ प्रहरीलाई खबर गर्न उनले अनुरोधसमेेत गरे ।

TOP