वैदेशिक रोजगारमा पठाउने भनी ठगी गरेको अभियोगमा दुई जना पक्राउ

वैदेशिक रोजगारमा पठाउने भनी रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

भक्तपुर नगरपालिका–१० कमलविनायकका ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँका ३७ वर्षीय बुद्धिबहादुर बस्याल पक्राउ परेका हुन् ।

ज्वालारामले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक पीडितबाट दुई लाख र बुद्धिबहादुरले दुबई पठाइदिन्छु भन्दै एक पीडितबाट १ लाख ९० हजार रुपैयाँ लिएका प्रहरीले बताएको छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धान भैरहेको बताएको छ ।

TOP