पाँच महिनामा कामपाले ३७ किलोमिटर सडक कालोपत्रे गर्याे
काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माणसम्बन्धी योजना सम्पन्न गरेको छ। महानगरपालिकाले यसबाट ३७.३० किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ।
महानगरपालिकाका अनुसार नियमित सडक मर्मत कार्यक्रमअन्तर्गत ८.४० किलोमिटर, पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत १०.२० किलोमिटर, धुलोरहित सडक कार्यक्रमअन्तर्गत ९.४० किलोमिटर र क्रमागत कार्यक्रमबाट ९.३० किलोमिटर सडक निर्माण गरिएको हो।
महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बजेट तर्जुमा समितिको बैठकमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले अहिलेको प्रगतिका विषयमा जानकारी गराए। उनका अनुसार सडक कालोपत्रे कार्यसँगै ५.८० किलोमिटर सडक ढलान गरिएको छ।
१.१६ किलोमिटर ढल राख्ने, ६.४७ किलोमिटर सडकमा ब्लक छाप्ने र २ हजार ७० वर्ग किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न भएको छ। यस अवधिमा करिब ८८ करोड रूपैयाँको काम सम्पन्न भएको र ५० करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको विभागले जनाएको छ।
समितिको बैठकमा ६ वटा विभागका प्रमुखहरूले विषयगत समितिका संयोजकहरूको रोहबरमा अहिलेसम्मको प्रगति पेश गर्दै चालु आर्थिक वर्षको बाँकी समयमा कार्यान्वयनमा लैजान नसकिने कार्यक्रम र यसको सट्टा सञ्चालन गर्न सकिने प्रस्तावित कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरिसकेका छन्। महानगरपालिकामा १६ (एउटा आयोजनासहित) वटा विभाग, ३१ वटा महाशाखा, ५५ वटा शाखा, ४ वटा सचिवालय, छन्।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam