पाल्पा महोत्सवको तयारी पूरा
पाल्पा : मंगलबारदेखि पाल्पा महोत्सव हुने भएको छ। बगनासकाली गाउँपालिकाको प्रवर्द्धन र कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजनामा हुने महोत्सव दस दिनसम्म सञ्चालन हुनेछ। बगनासकाली गाउँपालिका–१ चिलाङ्दीस्थित खेल मैदानमा हुने महोत्सव पुस १८ गतेसम्म चल्नेछ।
स्थानीय कलासंस्कृति झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति महोत्सवमा प्रस्तुत गरिने महोत्सव मूल आयोजक समितिका संयोजक नारायण न्यौपानेले बताए। उनकाअनुसार पाल्पाका ऐतिहासिक स्थलका फोटो प्रदर्शनी गर्नका लागि फोटो ग्यालरीसमेत राखिनेछ।
पर्यटन प्रवर्द्धन, व्यापार एवं स्थानीय कलासंस्कृति तथा धार्मिक सांस्कृतिक महत्वलाई प्रचार प्रसार गर्न र मनोरञ्जन प्रदान गर्नका लागि महोत्सव आयोजना गरिएको उनले बताए।
महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। करिब ३ करोड बराबरको कारोबार हुने अनुमान रहेको सदस्य यज्ञमूर्ति तिमिल्सिनाले बताए।
महोत्सवमा एक सय ५० स्टल रहनेछन्। कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापार व्यवसाय, रेष्टुरेण्टका स्टल रहनेछन्। महोत्सवमा होण्डा डान्स आईडल समेत हुनेछ।
राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहने आयोजक समितिका अर्का सदस्य विष्णुप्रसाद घिमिरेले बताए।
महोत्सवको तयारी समेत अन्तिम चरणमा पुगेको छ। महोत्सवको मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam