आगलागी तथा विपद् व्यवस्थापन गर्न प्रहरीले गर्यो अभ्यास प्रदर्शन
पर्वत : आगलागी तथा यससँग जोडिएका विपद्जन्य घटनाहरू न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित गराउन पर्वत प्रहरीले सदरमुकाम कुश्मा बजारमा ‘डेमो’ प्रदर्शन गरेको छ।
प्रहरीले समुदायसँग जोडिएर गर्ने विभिन्न कार्यक्रमहरू अन्तर्गत विद्यार्थी तथा आम नागरिकलाई भेला पारेर ‘डेमो’ प्रदर्शन गरिएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा विपद् व्यवस्थापन गुल्म बागलुङको प्राविधिक सहायतामा कार्यक्रम गरिएको हो।
घरमा विभिन्न कारणले हुन सक्ने आगलागीका कारण र नियन्त्रणको बारेमा प्रहरीले प्रयोगात्मक रूपमा नै प्रहरीले विधिहरू देखाएका हुन्।
खाना पकाउने एल.पी ग्यास सिलिन्डरबाट लिक भएर आगलागी भएपछि नियन्त्रणमा लिने उपाय सिकेपछि सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले नै ‘फायर एक्सटीङगुइसर’ को प्रयोगले आगो नियन्त्रणमा लिँदा ‘डेमो’ हेरिरहेका बजारवासी र विद्यार्थीहरूले चाख मानेर हेरे।
त्यही क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले आगलागीका कारण र नेपालमा यसबाट भइरहेको जनधनको क्षतिका बारेमा सबैलाई सुनाए।
विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक रामकृष्ण पाठक नेतृत्वको टोलीले आगोजन्य विपद्बाट हुन सक्ने क्षति र सावधानीका उपायहरू सम्बन्धमा सैद्धान्तिक ज्ञान प्रदान गर्नुका साथै ग्यास सिलिन्डरबाट व्यवहारिक अभ्यास तथा प्रदर्शनी समेत गरेर देखाउँदा कुश्माबासीले आगलागीको कारण र तत्कालै गर्न सकिने कामहरूको बारेमा थाहा पाए।
विशेषतः भान्सामा ग्याँस लिक हुने र त्यहीँबाट आगलागी सुरु हुने भएकोले प्रहरीले भान्सा कोठामा ग्याँसको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरूको बारेमा सिकाएको छ।
प्रहरीको ‘डेमो’ बाट विद्यार्थी र नागरिकले ग्याँस सिलिन्डर बन्द गर्ने पद्धति, विद्युतीय उपकरण र आगलागी, ग्याँस सिलिन्डर भएको ठाउँमा हुनुपर्ने हावा, आगो नियन्त्रण गर्न आगो निभाउने उपकरण, आगलागीको बेलामा पानी प्रयोग र कहिलेकाहीँ पानीकै प्रयोगबाट बढ्न सक्ने चुनौती, सुरक्षित स्थान, अग्नि नियन्त्रण दल लगायतको बारेमा सिक्ने मौका पाएका छन्।
‘डेमो’ हेर्न उपस्थित भएकाहरूलाई प्रहरी निरीक्षक सापकोटाले सामान्य अवस्थामा हुन सक्ने आपत्कालीन अवस्थाको बारेमा हामी सबै नागरिक सचेत बन्नुपर्ने बताए। सहायक प्रजिअ पौडेलले साना बालबालिकालाई ग्याँस, लाइटर, सलाई जस्ता आगोजन्य पदार्थबाट टाढा राख्नु अभिभावकको जिम्मेवारीलाई ध्यानमा राखी सुरक्षा सतर्कता अपनाउन अनुरोध गरे।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam