रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।

बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

पार्टी सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभपति डीपी अर्यालले पाएका छन्। अघिल्लो बैठकले अर्याललाई कार्यवाहक तोकेको थियो। त्यसपछि पहिलोपटक बैठक बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीको केन्द्रीय विभागमा मनोनय, आगामी केन्द्रीय समिति बैठक तयारी र विविध विषयमा छलफल हुने झाले जानकारी दिए।

TOP