किशोरी समूहका सदस्यलाई ३ दिवसीय क्षमता अभिबृद्धि तालिम


कृष्णनगर, १३ पौष ।
दलित सामाजिक विकास केन्द्रको आयोजना र युएसएआइडी।सीएसएम।द एसिया फाउण्डेशन आर्थिक तथा प्राविधिक सहयोगमा किशोरी समूहका सदस्यहरुलाई ३ दिवसीयक्षमताअभिबृद्धि तालिम सूरु भएको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा संचालित सार्वजनिक स्थानमा किशोरीहरुको लागि सक्षम बनाउने वातावरणको सृजना (अभ्यास परियोजना) अन्र्तगत १६ वटा समूहका ३२ जना किशोरीहरुलाई क्षमता अभिबृद्धि तालिम संचालन भएको छ ।

तालिमको उद्घाटन दलित सामाजिक विकास केन्द्रका अध्यक्ष सुरजमतीपासीले गर्नुभयो । ३ दिने तालिमको सहजीकरण लुम्विनी बौद्ध विश्व विद्यालयका प्रोफेसर संजय कुमार पासी र सामाजिक अभियन्ता गोविन्द धवल गर्दै छन् । कार्यक्रमको संचालन परियोजना संयोजक रिखिराम हरिजनले गर्नु भएको थियो । सो तालिमकपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. २ बालापुरमा भइरहेको छ ।

किशोरीहरुको क्षमता वढाउनुका साथै नेतृत्वविकास गर्ने, किशोरीहरुको निर्णय, समुदाय, वडा हँुदै पालिकाको पहुँचमा बृद्धि गर्ने, किशोरीहरु आफ्नो इच्छा अनुसार स्वतन्त्र रुपमा हिडडुल गर्न, आफ्नो उमेर अनुसार स्वयं निर्णय गर्न सक्ने, पढाईको बारेमा स्वयं निर्णय गर्न योग्य हुने र साँस्कृतिक तथा सामाजिक परम्परागत हानिकारक अभ्यास बिरुद्ध बोल्न सक्षम बनाउने तालिमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

TOP