हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल
काठमाडौं : हेल्प नेपाल नेटवर्कको ग्लोबल कोर्डिनेटरमा दिला खरेल चुनिएका छन्। शनिबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा हेल्प नेपालले अस्ट्रेलियालाई कर्मथलो बनाएका खरेललाई ग्लोबल कोर्डिनेटरमा छनौट गरेको घोषणा गरेको हो।
इन्नोभेटिभ एशोसियट्सका सिईओ तथा प्रिन्सिपल खरेल अस्ट्रेलियामा एकाउन्टेन्ट र लेक्चररको पेशामा सक्रिय छन्। शनिबार वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतको प्रमुख आतिथ्यमा हेल्प नेपाल नेटवर्कले २५ औँ वार्षिकोत्सव मनाएको छ।
उक्त अवसरमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भगवान कोइराला, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, सुशीला (रुपा) केसी तथा अटिजम भएका बालबालिकाको सेवामा समर्पित सविता उप्रेतीलाई अभिनन्दन गरिएको थियो।
साथै संस्थाको स्थापनाकालदेखि सघाउने व्यक्तिहरूलाई सम्मान गरेको थियो। ‘हामी व्यवहारिक र परोपकारी व्यक्ति बनौं’, ग्लोबल कोर्डिनेटरमा नियुक्त भएका खरेलले भने, ‘म युवा अवस्थामै हेल्प नेपालमा जोडिएको हो। जीवनभर यहि संस्थाको सेवा गर्न चाहन्छु।’
उनले संस्थाले आगामी दिनमा १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेको बताए।
हेल्प नेपाल नेटवर्क नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था हो। सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन बढी मुलुकमा शाखा छन्। ‘मातृभूमिका लागि महिनामा एक पाउण्ड’ भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्क स्थापना गरिएको थियो।
नेटवर्कले नेपालका एक सय बढी स्कुलहरूमा कक्षा कोठा निर्माण तथा झन्डै ५० वटा इ–लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam