धेरै जातजाति र भाषाभाषी नेपालको सम्पत्ति : अध्यक्ष राउत
काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषी देशको सम्पत्ति भएको बताएका छन्।
बुधवार माइतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले धेरै वेशभूषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पत्ति भएको उल्लेख गरे। उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए। उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आ-आफ्नो पोशाक लगाई पोशाक दिवस मनाउनुपर्ने बताए। उनले अरूलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए।
राउतले भने, ‘नेपाल विविधतापूर्ण देश हो। यहाँ अनेकौँ, जातजाति, भाषाभाषी, वेशभूषा भएका मानिसहरू छन्। हाम्रा लागि त्यो कमजोरी होइन। यो हाम्रो सम्पत्ति हो। यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौँ। आज कुनै एकल जातजातिको मात्रै वेशभूषा मनाउने दिवस होइन। सबैले आफ्नो मौलिक वेशभूषा लगाउने हो।’
राष्ट्रिय धोती दिवसको अवसरमा मधेशी समुदायका नागरिक धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए। उनीहरूले धोती हाम्रो शान हो, मधेशीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लाकार्डसहित प्रदर्शन गरेका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam