बाल कलाकार सचिन परियारको मृत्यु
काठमाडौं : बालगायक सचिन परियारको मृत्यु भएको छ। १३ वर्षीय परियारको स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको बताइएको छ।
उनको मृत्यु भएको इसा फाउन्डेसनका सचिव कमल सरगमले फेसबुकमार्फत जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘बिहीबार बिहान १० बजे परियारको निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिएका छन्।’
सचिनको उपचारमा आर्थिक समस्या परेपछि रकम संकलन गरेर उपचार थालिएको थियो।
गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भएका थिए। उनलाई नेपालीहरूले प्रशस्तै आर्थिक सहयोग पनि गरेका थिए। तर उनका बुबा तेजेन्द्रले आर्थिक हिनामिना गरेको भन्दै सर्वत्र आलोचना पनि हुने गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam