बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्छु : कमल थापा
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिवार पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुका साथै राज्यका सञ्चालनको निम्ति आर्थिक, सामाजिक, कूटनीतिक विषयमा जुन महत्त्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक रहेको उल्लेख गरे। उनले नेपाली नाम र पहिचान दिएको भन्दै राष्ट्रनिर्माताप्रति कृतज्ञता व्यक्त गरे।
थापाले भने‚ ‘हामीलाई नेपाली नाम र पहिचान दिनुभएकोमा राष्ट्रनिर्माताप्रति कृतज्ञता समेत व्यक्त गर्न चाहन्छु। राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुका साथै राज्यका सञ्चालनका निम्ति आर्थिक, सामाजिक, कूटनीतिक विषयमा जुन महत्त्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक छ। हामी सबैले त्यसको चिन्तन, मनन गर्नुपर्छ। एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर छोड्छु।’
अध्यक्ष थापाले विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने पनि बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam