एआई प्रयोगमा नेपाल दक्षिण एशियामा भुटानभन्दा पनि पछाडि : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामा भुटानभन्दा पनि पछाडि रहेको बताएका छन्।
सोमवार प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटानभन्दा पनि कमजोर रहेको बताएका हुन्।
उनले एआई कसरी प्रयोग गर्ने भन्नेसम्बन्धमा नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको बताए। उनले पोलिसी र स्ट्राटेजी पास भएपछि एआईको प्रयोग बढ्ने बताए।
उनले सुशासन कायम गर्न नागरिक एपको भूमिका महत्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको बताए।
‘नागरिक एप कार्यान्वयन गर्ने भनेर हामीलाई जिम्मा दिएको छ। एप गाइड गर्ने कुनै ल नै भएन हामीसँग। सुशासनमा यत्ति महत्वपूर्ण भूमिका रहेछ त्यसको, त्यो व्यवस्थापन गर्नुपर्नेछ‚’ उनले भने, ‘एआई र ई-गभर्नेन्सको विषयसँग जोडिएको विषय छ। एआई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन। पोलिसी बनाएका छौँ हामीले। एआई पोलिसी बनाएर एआईको ऐनको ड्राफ्ट पनि गर्दै छौँ।’
मन्त्री गुरुङले आमसञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्नेगरी विधेयक ल्याइने बताए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam