गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशको तनहुँमा २ जना र बाग्लुङमा १ जना संक्रमित थपिएका हुन्।
संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशका संक्रमितको संख्या १ हजार ९१ पुगेको छ। नेपालमा भने संक्रमितको संख्या १५ हजार ४ सय ९४ पुगेको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


