युक्रेन युद्धबारे नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न पुटिन तयार
एजेन्सी
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेन संकटमा नयाँ अमेरिकी प्रशासनसँग वार्ता गर्न खुला रहेको बताएका छन्।
पुटिनले देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा यस्तो टिप्पणी गरेका हुन्। राष्ट्रपतिले युक्रेन संकटको सम्भावित समाधानमा थप द्वन्द्वको लागि सेनाहरूलाई पुनः समुहबद्ध गर्न अस्थायी युद्धविराम समावेश हुन नहुने बताए।
तर यस क्षेत्रका सबै देशहरूको वैध हितको सम्मानमा आधारित दीर्घकालीन शान्ति प्राप्त गर्नुपर्ने बताए। रूसी नेताले मस्कोले कहिल्यै वार्तालाई अस्वीकार नगरेको बताए। कुनै पनि अमेरिकी प्रशासनसँग सहयोग गर्न सधैं खुला रहेको बताए।
यसैबीच, पुटिनले ट्रम्पलाई शपथग्रहणको बधाई दिए। बैठकको क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले नयाँ अमेरिकी प्रशासन र अन्य पश्चिमी नेताहरूसँग सम्पर्क गर्न मस्को तयार रहेको पुष्टि गरे। रुसको विदेश मन्त्रालयले टोकियोले आफ्नो अमित्रतापूर्ण नीतिहरू त्याग्न ठोस कदम चालेमा मस्को जापानसँग वार्ता पुनः शुरु गर्न तयार हुने बताएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam