सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा जोड्नैपर्छ : कानुनमन्त्री चौरसिया
काठमाडौँ : कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यक रहेको बताएका छन्।
बिहीवार प्रतिनिधिसभा अन्तर्गको कानून, न्याय तथा मानव अधिकार समितिमा उनले यस्तो बताएका छन्।
उनले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलाई सुझाव दिए।
उनले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेकुरा मन्त्रालय र मन्त्रीको सफलतासँग जोडिएको बताए।
उनले वैदेशिक रोजगारमा जाने श्रमिकको हक र हितका लागि कानून मन्त्रालय सदैव सकारात्मक रहेकोसमेत बताए।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam