आफैँलाई गोली हानेका प्रहरी जवानको मृत्यु
रासस
कञ्चनपुर : कञ्चनपुरमा दुई दिनअघि आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको छ।
कैलालीको निःसर्ग अस्पतालमा उपचारका क्रममा शुक्रबार विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए।
माघ ९ गते बुधबार राति कोत गारदमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका वेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए।
गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई कैलालीको निःसर्ग अस्पतालमा लगिएको थियो।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam