युक्रेनको विषयमा वार्ताका लागि रुस तयार
एजेन्सी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताएका छन्। रुसी राष्ट्रपति पुटिनले भने, “हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एकपटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी विषयमा वार्ताका लागि तयार छौँ।”
राष्ट्रपति पुटिनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै भने, “प्रतिबन्धित भइसकेको अवस्थामा अब वार्ता कसरी सुरु गर्न सकिन्छ?” वार्ताका लागि पहिले प्रतिबन्ध खुकुलो पार्नु आवश्यक छ। “यदि वार्ता पुनः सुरु भयो भने युक्रेनको वर्तमान कानुनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ,”
उनले भने, “जबसम्म यो आदेश जारी रहन्छ, तबसम्म यी वार्ताहरू सुरु गर्न सकिन्छ कि सकिंदैन वा ती सही तरिकाले पूरा गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन । त्यसैले वार्ताका लागि वातावरण बनाउन पहिले अर्को चरणको छलफल जरुरी छ।”
उनले भने, “युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूससँगको वार्तालाई निषेध गर्ने आदेश जारी गर्नु भएको थियो। के यो अवस्थामा वार्ता गर्न सम्भव छ।”
उनले केही प्रारम्भिक छलफल हुन सक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गरे। रूसी नेताले जेलेन्स्कीलाई वार्तामा प्रतिबन्ध लगाउने आदेश हटाउन र आफ्ना प्रायोजकहरूको आदेश पालना गर्न कुनै हतार नभएको बताएका छन्। उनले किएभलाई आर्थिक सहयोग गर्नेहरूले युक्रेनी नेतालाई वार्ताको वातावरण तयार पार्न दबाब दिनुपर्ने बताए।
विश्व आर्थिक मञ्च (डब्लुईएफ) को डाभोसमा बिहीबार आयोजित वार्षिक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि अमेरिकी प्रयास ‘आशाजनक रुपमा अघि बढेको’ बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam