रवि लामिछानेको थुनछेक बहस आज पनि
काठमाडौं : रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आइतबार पनि जारी रहने भएको छ। लगातार तीन दिन भएको बहस शुक्रबार नसकेपछि आजका लागि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।
बुटवलको सुप्रिम सहकारी ठगीको बयानका लागि गत बुधबार अदालतमा उपस्थित भएका रविको मुद्धा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो। लामिछानेका तर्फबाट बहस गर्न १० जनाभन्दा बढी कानून व्यवसायीले वकालतनामा बुझाएका छन्। थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन्।
त्यसपछि अदालतले आदेश दिनेछ । पर्सा र बुटवललगायतका जिल्लामा पनि रविको मुद्दा विचाराधीन अवस्थामा छ। यसअघि उनी कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam