भारतको एक कारखानाभित्र विस्फोट हुँदा ८ जनाको मृत्यु
एजेन्सी
पश्चिमी भारतको महाराष्ट्र राज्यको अर्डनेन्स कारखानाभित्र भएको ठूलो विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। साथै सातजना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको अर्डनेन्स कारखानामा विस्फोट भएको थियो। स्थिति नियन्त्रण गर्न अग्निनियन्त्रकहरू घटनास्थल पुगेका थिए।
विस्फोटका कारण कारखानाको छत भत्किएपछि कामदारहरु फसेका थिए। विस्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको बताएका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam