कपिलवस्तुमा पनि मनाइयो ७२ औँ कुष्ठराेग दिवस, प्रभावित व्यक्तिलाई एमसीआर चप्पल वितरण

अनेक पाण्डे
कपिलवस्तु, १३ माघ ।

एक हाेऊ, क्रियाशील बनाैँ, कुष्ठराेग निवारण गराैँ भन्ने मुलनाराका साथ कपिलवस्तु जिल्लाभर ७२अैाँ कुष्ठराेग दिवस मनाइयो । कपिलवस्तुमा कुष्ठरोग निवारण चुनौतीपूर्ण बन्दै गएको हुनाले पालिका स्तरीय विभिन्न कार्यक्रम गरि ७२औं कुष्ठराेग दिवस मनाएका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुससम्मको छ महिनामा मात्रै ६० नयाँ कुष्ठ रोगी फेला परेका छन् ।

आधारभुत स्वास्थ्य परियाेजनाले ७२औं कुष्ठरोग दिवसका अवसरमा  विभिन्न स्थानीय तहका स्वास्थ्य शाखाकाे समन्वयमा विभिन्न स्वयं हेरचाह समुहमा कुष्ठराेग प्रभावित व्यक्तिले लगाउन मिल्ने “MCR” रबरले तयार गरिएको चप्पल वितरण गरेकाे छ ।

कपिलवस्तु नगरपालिकामा १३ जना वुद्धभुमि नगरपालिका अन्तरगतमा रहेकाे दुबिया स्वयं हेरचाह समुहमा २३ जना हरिहरपुर स्वयं हेरचाह समुहमा १२ जना शिवराज नगरपालिका अन्तरगत चमरबाेझिया स्वयं हेरचाह समुहमा २१ जना वियनगर गाउँपालिका अन्तर्गत जवावैराठ स्वयं हेरचाह समुहमा १८ जना मायादेवी गाउँपालिका अन्तरगत बलुहवा स्वयं हेरचाह समुहमा ८ जना वाणगंगा नगरपालिका अन्तर्गत सुईटि स्वयं हेरचाह समुहमा १० जना गरि जिल्लामा १ सय ५ जना प्रभावित व्यक्तिलाई प्रत्यक्ष रुपमा MCR  चप्पल हस्तान्तरण गरिएकाे छ ।

तथ्यांकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा प्रति १० हजार जनसंख्यामा २.७ प्रतिशत बिरामी दर्ता भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा २.७ प्रतिशतको दरले १८८ नयाँ बिरामी थपिएका थिए । आर्थिक वर्ष २०७९/८० मा २.१ प्रतिशतका दरले १६८ बिरामी, २०७८/७९ मा १.८ प्रतिशतका दरले १२१ बिरामी, र २०७७/७८ मा १.८ प्रतिशतका दरले १२८ बिरामी फेला परेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका वरिष्ठ क्षय कुष्ठ अधिकृत मोहम्मद ईरफान कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंह , सचिव अजय चाैधरी आधारभुत स्वास्थ्य परियाेजनाका कार्यक्रम संयाेजक निशान कुँवर फिल्ड सुपरभाइजर अनेक पाण्डे साधै पालिकाका स्वास्थ्य संयाेजक, वडा अध्यक्ष लगायत स्वयं हेरचाह समुहका सदस्यहरुकाे उपस्थिति हरेकाे थियाे ।

TOP