टाइगर कप भलिबलमा मङ्गलबार लिग चरणका चार खेल हुँदै
पर्वत : एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत मङ्गलवार लिग चरणका चार खेल हुँदै छन्।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन महिला र पुरुषतर्फ दुई-दुई खेल हुने तालिका छ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दै छन्। दोस्रो खेलमा महिलातर्फ टिपटप न्यु डायमन्ड स्पोर्टस क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा हुने छ। उक्त खेल पौने ११ बजे सुरु हुने छ।
तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ। पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच पौने एक बजेबाट सुरु हुनेछ। पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल दिउँसो पौने तीन बजेबाट सुरु हुनेछ।
सोमबार भएको खेलमा महिलातर्फ एपिएफ जित निकाल्दा पुलिसले दोहोरो जित निकालेका थिए भने टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबिचको खेल स्थगित भएको थियो। हेल्प नेपाल २–१ सेटले अघि हुँदा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो।
महिलातर्फ एपिएफले टिपटप न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। महिलातर्फ नै पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो। पुरुषतर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam