सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने
काठमाडौँ : सरकारले संसदबाट ‘फास्ट ट्रयाक’ मा अध्यादेश पारित गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा हिजो (सोमवार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका हुन्।
सरकारले ल्याएका अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णयसमेत भएको उनले बताए। अध्यादेशहरु कार्यान्वयनका लागि आवश्यक नियमावली पनि तत्काल बनाउने निर्णय भएको उनले बताए।
उनका अनुसार शहीद सप्ताहको अन्तिम दिन बुधवार भएकाले सरकारको तर्फबाट शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण हुने र माल्यार्पण गरिनेछ।
‘भोलि शहीद सप्ताहको अन्तिम दिन हो। त्यसकारण भोलि सरकारको तर्फबाट शहीद दिवस मनाइन्छ। भोलि प्रधानमन्त्रीसहित हामी सबै जना शहीदगेट गएर शहीदहरुप्रति श्रद्धाञ्जलि र माल्यार्पण हुन्छ‚’ उनले भने, ‘हिउँदे अधिवेशन माघ १८ गते शुरु हुँदै छ। यो अधिवेशनबाट हामीले राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरुलाई संसदमा फास्ट ट्र्याकबाट संसदबाट पास गर्ने काम हुन्छ। ती अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौँ। अध्यादेश कार्यान्वयनमा जान्छन्।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam