अराजकताबाट परिवर्तन सम्भव छैन : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट परिवर्तन सम्भव नरहेको बताएका छन्।
मंगलवार संसद् भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशको राष्ट्रिय राजनीति संविधान र लोकतान्त्रिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रूपमा अघि बढिरहेको बताए।
ओलीले लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको बताए।
उनले वर्तमानमा राष्ट्रिय राजनीति सही दिशामा अघि बढिरहेको पनि दावी गरेका छन्।
उनले संवैधानिक प्रक्रिया बाहेकका गतिविधि स्वीकार्य नरहेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा लोकतान्त्रिक अभ्यास, संवैधानिक प्रक्रिया स्वीकार्य छ र स्वागत गरिन्छ। संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रणाली स्वीकार छ। लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरू प्रकारका गतिविधि, अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव छैन।’
प्रधानमन्त्री ओलीले २०८४ को मंसिरमा सरकार परिवर्तन हुने बताए। निर्वाचनको परिणाम आएपछि सरकार परिवर्तन हुने बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam