ओली–प्रचण्डको छलफल सकियो, आ–आफ्नै अडानमा यथावत्
काठमाण्डाै – पार्टीभित्रकाे विवाद मिलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको र नेताहरु जनार्दन शर्मा, विष्णु पौडेल, शंकर पोख्रेल र वर्षमान पुन सहभागी थिए ।
बैठकमा फुटतर्फ पुगेको नेकपाको एकता जोगाउने विषयमा कुराकानी भएको तर दुवै पक्ष आफ्ना अडानबाट पछि नहटेको एक नेताले जानकारी दिएका छन् । भोलि स्थायी कमिटीको बैठक बस्नुअघि फेरि छलफल गर्ने सहमति भएको पनि ती नेताले उज्यालोलाई जानकारी दिएका छन् ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटेर जस्तोसुकै कदम चाल्न सक्ने जानकारी गराएको र मन्त्रीहरुलाई बोलाएर आफू कुन कित्ताको हो प्रष्ट पार्न भनेपछि अवस्था झनै बिग्रिएको छ ।
आज बिहान प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहितका नेताहरुले राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले चाल्ने अप्रिय कदममा साथ नदिन र आफूहरुले राष्ट्रपतिविरुद्ध कुनै पनि योजना नबनाएको प्रष्ट पारेका छन् । स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो ।
ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने प्रचण्ड र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ । हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि साेमबारसम्मको लागि स्थगित भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


