तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि राम गोरखा माविलाई
कृष्णनगर, १९ माघ ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि राम गाेरखा माध्यमिक विद्यालय हात पारेकाे छ । कृष्णनगरकाे बहादुरगञ्जमा रहेकाे गोरखा माविले तेस्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि प्राप्त गर्न सफल भएको छ ।
३५ हजार नगद सहित लगातार तेस्रो पटक शिल्ड माथि कब्जा जमाएको छ । राम गोरखाले गोल्ड ९ ओटा, सिल्भर १० ओटा र काँश्य ३ ओटा गरि प्रथम स्थान हासिल गर्दै उपाधि जितेको हाे ।
नेत्र ज्योति मावि सौनाहवाले ६ गोल्ड, ५ सिल्भर ७ कांस्य प्राप्त गर्दै नगद २० हाजर सहित दोस्रो स्थान हासिल गरेको छ । यस्तै सेन्टज्युडस् इंगलिस बोर्डिङ्ग स्कुलले २ गोल्ड, ३ सिल्भर, २ काँस्य र १० हजार नगद सहित तेस्रो स्थान हासिल गरेको शिक्षा शाखा प्रमुख बलराम पन्थीले जानकारी दिए ।
कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद अभिषेक प्रताप शाहकाे प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका प्रमुख बबुराम आर्चाय, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकाेटा, कपिलवस्तु क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष ब्रम्हानन्द उपाध्याय, कृष्णनगर नगरपालिका उप-प्रमुुख आरती देवी चौधरीकाे विशिष्ट आतिथ्यता, कपिलवस्तु ३(ख) का सभापति मुक्तेश्वर मिश्र लगायत १२ वटै वडाका वडा अध्यक्ष, विद्यालयका प्र.अ., उप-प्रमुखका सल्लाहकार भरतकिशोर चौधरी लगायतकाे उपस्थिति थियाे ।

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam