मेक्सिको र क्यानडालाई कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प
अमेरिकाले मेक्सिको र क्यानडामा लगाएको कर तत्कालका लागि रोकेको छ। मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी नियन्त्रण गर्न सहमति जनाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तत्कालका लागि पछि हटेका हुन्।
यससँगै मेक्सिकन र क्यानेडियन नेताहरूले लागूऔषध तस्करी र अवैध आप्रवासनविरुद्ध लड्न अमेरिकासँगको आफ्नो सिमानामा हजारौं प्रहरी पठाउने भएका छन्। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोमा प्रस्ताव गरेको २५ प्रतिशत कर मंगलबारदेखि लागू हुने तय भएको थियो।
यसैबीच, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट अमेरिका बाहिरिएपछि विश्वभर सञ्चालित स्वास्थ्य आपतकालीन कार्यक्रम जोखिममा परेका छन्। डब्ल्यूएचओको बैठकमा प्रस्तुत गरिएको एक दस्तावेजले अमेरिका पुनः डब्लूएचओमा सामेल नभए मध्य पूर्व, युक्रेन र सुडानमा सञ्चालित पोलियो र एचआईभी कार्यक्रम बन्द हुने सक्ने जनाइएको छ। स्वास्थ्य आपतकालीन कार्यक्रमका लागि डब्लूएचओ अमेरिकामा निर्भर देखिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam